गाउँमा फेरि जंगली भालूको आतङ्क

5754e738-7db2-4876-a5c4-121913e016bd


कालचिनी – शीतकाल शुरु हुनसाथै डुवर्सको गाउँ बस्तीहरूमा अन्य वन्यजीव साथै जंगली भालूको आतङ्क पनि छाउँदै आइरहेको कसैबाट लुकेको छैन। यसबीच गत ११ नोभेम्बरको विहान कालचिनी खण्डको उत्तर र दक्षीण लोथाबारी गाउँमा तीनवटा जंगली भालू पसेको थियो। बनकर्मीहरूको धेरै प्रचेष्टा पश्चात बन विभागले तीनवटै जंगली भालू उद्धार गरेर लगे तापनि पुनः आज कालचिनी खण्डको उत्तर मेन्दाबारी बस्तीमा भालू पसेकोले दिनभरी आतङ्क छाएको थियो।
स्थानीय गाउँले समाजसेवीहरू विनय नार्जीनारी र बीजनाथ राभाले दुईवटा जंगली भालू फेरि गाउँमा पसेकोले अहिले सम्पूर्ण गाउँमा नै आतङ्क मच्चिएको जनाएका छन्। गाउँलेहरूले भालूले गाउँलेको एउटा सुङ्गुर पनि मारेर खाएको बताएका छन्।
यता घटनाको जानकारी पाएर बन विभागले भालू उद्धार गर्न खोजी अभियान चलाएको छ तर साँझ ढल्दा पनि भालूको अत्तोपतो नलागेकोले बन विभाग हैरान बनेको छ।
सम्भवतः सो भालू पुनः जंगलभित्र पसेको हुनसक्ने बन विभाग र गाउँलेहरूले अड़कल लगाएका छन्। अर्कोतिर उक्त भालू फेरि गाउँमा पसेर आतङ्क मच्याउने हो कि भन्ने गाउँलेहरूको आशङ्का रहेको छ।

About Author

Advertisement