बाल श्रम र बाल विवाह रोक्न सचेतना गर्ने वाचासहित बाल दिवस पालन

f90dce1c-5067-4776-a5d3-4874ebd62e2b


कालचिनी –
आज सर्वत्र बाल दिवस पालन गर्ने क्रममा भारतको प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको जन्मदिन अर्थात राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा विभिन्न ठाउँहरूमा विविध कार्यक्रम चलिरहेको क्रममा कालचिनी ग्राम पञ्चायत संलग्न पुरानो वेलफेयर कार्यालय परिसरमा गैर सरकारी संगठन सहयोग फाउन्डेशनको तत्वावधानमा कालचिनी, २२ धुरा लगायत राईमाटाङ क्षेत्रका बाल विद्यार्थीहरूलाई समेटेर बाल दिवस कार्यक्रम गरिएको थियो।


उक्त अवसरमा क्षेत्रका समाजसेवीहरू प्रेम लामा, हरि कुजूर, हैदर अन्सारी, शंकर कुजूर एवम् अन्यान्य विशिष्ट समाजसेवीगण लगायत युवा समाजकर्मी सन्डे आर्ट हाट ईकोस्फेयरका संस्थापक निमेष लामा एवम् टीम सदस्यहरू अनि शिक्षाविद्हरूलाई पनि सहयोग फाउन्डेशनको पक्षबाट सम्वर्द्धना प्रदान गरिएको सहयोग फाउन्डेशनका सचिव पवन योल्मोले जनाएका छन्।
मूलतः आज बाल श्रम अनि बाल विवाहको उन्मूलन गर्न संगठनले काम गर्ने प्रसङ्गमा कार्यक्रम आयोजना गरेको र बच्चाहरूलाई हाजिरी जवाफ प्रतियोगिता साथै बस अनि चित्र बनाउ प्रतियोगिता एवम् नृत्य प्रतियोगितामा सहभागिता गराएको सो संगठनका सभापति मनीष कुजूरले थप जनाएका छन्। सहयोग फाउन्डेशनका सचिव पवन योल्मोले अन्य दिनहरूमा सबै आ-आफ्नो क्रियाकलापमा व्यस्त हुने गरेको तर आज बाल दिवसमा अभिभावकहरूले आफ्नो बच्चाहरूसित समय दिएर उपयोगी समय बिताउन जरुरी रहेको आभाष गरेर यो कार्यक्रमको आयोजना गरिएको र यसले बच्चाहरूमा नयाँ ऊर्जा आउने आशा रहेको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement