१४ नोभेम्बरः कालेबुङ भेटरन्स क्लबको तत्त्वावधानमा आयोजित ढेण्डुप भूटिया स्मृति विनर अनि बीबी प्रधान स्मृति रनर अप् आठौं भेटरन्स फूटबल टुर्नामेण्ट (आमन्त्रणी)-मा सोमवार दोस्रो राउण्डका दुईवटा म्याच खेलियो। मेला ग्राउण्डमा भएको पहिलो म्याचमा दार्जीलिङ टाउन भेटरन्सले युनाइटेड भेटरन्स क्लब, कालेबुङलाई ३-०-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा सिक्किम बोइज क्लब भेटरन्स (गान्तोक)-ले यूकेएफसी भेटरन्सलाई ८-२-ले पराजित गऱ्यो। मंगलवार खेलिने पहिलो म्याचमा नाम्ची भेटरन्स र मालदा भेटरन्सबीच भिड़न्त हुनेछ। यसरी नै दोस्रो म्याच जोंग्री भेटरन्स (गान्तोक) र घूम-जोरबंग्लो भेटरन्सबीच खेलिनेछ। यस भेटरन्स टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल म्याच १८ नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २० नोभेम्बरमा हुनेछ।