घूम-जोरबंग्लो स्पोर्टिंग क्लब क्वार्टर फाइनलमा

photocollage_2022111419115152.jpg

१४ नोभेम्बरः माझीधुरा परमेण्ट युनाइटेड फूटबल क्लब (सुकिया पोखरी, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित ओपन फूटबल टुर्नामेण्टमा घूम-जोरबंग्लो स्पोर्टिंग क्लब, दार्जीलिङले क्वार्टर फाइनलमा स्थान बनायो। माझीधुरा खेल मैदानमा सोमवार खेलिएको म्याचमा घूम-जोरबंग्लो स्पोर्टिंग क्लबले घायल सेभेन, मानेभञ्ज्यांगलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सौरभ बराईली र निर्णय सुब्बाले गोल गरे। यस टुर्नामेण्टमा जम्मा २४ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २४ र २५ नोभेम्बरमा हुनेछ। यसरी नै फाइनल २७ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा सेमिफाइनलमा पुग्ने दुईवटा टीमलाई १०-१० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement