हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको सभा सम्पन्न

IMG-20221114-WA0366.jpg

जनताको राजमा जनता नै राजा हुनेछ: अजय एडवार्ड

दार्जीलिङ: जनताको राजमा जनता नै राजा हुनेछ यो मन्तव्य हाम्रो पार्टी केन्द्रीय अध्यक्ष अजय एडवार्डले पोखेका छन्। पञ्चायत चुनावको मिति तय भए को छैन तर दार्जीलिङ पार्वतीय क्षेत्रमा पञ्चायत चुनाव लिएर राजनैतिक कसरत भने शुरू भईसकेको छ। यसै सन्द्रर्भमा आज हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय नेतृत्वहरूले पार्टी अध्यक्ष अजय एडवार्डसँग बैठक गरेका छन्। पार्टी अध्यक्ष अजय एडवार्डको नीजि वासस्थानमा सम्पन्न भएको सभामा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङ लगायत केन्द्रीय नेतृत्वहरूको उपस्थिति रहेको थियो। दुई घण्टा लामो समयसम्म चलेको बैठकपछि हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले जनताको राजमा जनता नै राजा हुनेछ, हाम्रो पार्टीले आफ्नो गठनकालदेखि नै पहाडमा जनताको राज ल्याउनुपर्छ भनेर गाउँ-गाउँ, शहर-शहर,बस्ती अनि चिया बगानहरूमा आह्वान गर्दै आईरहेको बताएका छन्। उनले पहाडमा पञ्चायत चुनाव हुने तय भईसकेको भएता पनि निर्वाचन आयोगले चुनावको मिति तय गरेको छैन भन्दै शहरीय क्षेत्रहरूको उत्थान र विकासको निम्ति संवैधानिक व्यवस्था नगरपालिकाले आफ्नो प्रकारले काम गर्दै आईरहेको छ।नगरपालिका क्षेत्रको बाटोहरूदेखि लिएर झोडा,नालाहरूको साफ सफाई,पिउने पानीको व्यवस्था आदि जस्ता विकासमूलक कार्यहरू गर्दै आईरहेको छ बताएका छन्। उनले अघि भने, ‘गत केही महिना अघि मात्र केवल दार्जीलिङ नगरपालिका क्षेत्रहरूमा बसोबासो गर्ने गरीबी रेखा मुनिको परिवारहरूको निम्ति १३ वटा नयाँ घरहरूको निर्माण गरिने योजना आएको थियो। प्रत्येक नयाँ घरको निर्माण पाँच लाख रूपियाँको आसपासमा निर्माण गरिने सरकारले राशि तय गरेको थियो,तर दुःखको कुरा विगत धेरै वर्षदेखि यता दार्जीलिङ पार्वतीय क्षेत्रमा पञ्चायत चुनाव नभएको कारणले गर्दा पहाडको ग्रामीणवासीहरू सरकारको योजनाहरूदेखि वञ्चित हुँदै आईरहेको छ। पहाडमा पञिचायत चुनाव अति नै अनिवार्य रहेको हाम्रो पार्टीले बताउँदै आई रहेका थिए अनि आज पनि बताउँदै आईरहेको छ। अब हुने पञ्चायत चुनावमा पहाडमा जनताको राज ल्याउनपर्छ। जनताको राजमा जनता नै राजा हुनेछ। आफ्नो गाउँ,आफ्नो ठाउँको विकास गर्नलाई लालकोठीको चैकीमा बस्नेको निर्देश र इशारा कुरेर बस्न पर्दैन। हाम्रो पार्टीले आफ्नो गठनकालदेखि नै पहाडमा जनताको राज आउनुपर्छ भन्दै आएको हो। पहाडमा जनताको राज ल्याउनलाई समस्त पहाडवासी एकबद्व हुनपर्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement