रायगञ्ज (उत्तर दिनाजपुर): राज्यमन्त्री अखिल गिरीले राष्ट्रपति द्रौपदी मुर्मुबारे गरेको अभद्र टिप्पणीको विरोधमा उत्तर दिनाजपुर जिल्लाको रायगञ्जमा आदिवासी संगठन ‘भारत जकातमाझी परगना’ ले राष्ट्रिय राजमार्ग अवरुद्ध गरेको छ। आन्दोलनरत आदिवासी नेताहरुले आरोपित मन्त्रीलाई तत्काल निष्कासन गर्न माग गरेका छन्। उनीहरुले सडक जाम गरेर आरोपित मन्त्री अखिल गिरीको पुत्ला समेत जलाए। जनजाति संगठन भारत जकात मांझी पर्गनाका जिल्ला सचिव ट्विल मुर्मुले भने, ‘हाम्रो समाजकी एक सम्मानित महिला देशको राष्ट्रपति बनेकी छन्। यसविरुद्ध हाम्रो आन्दोलन जारी छ। उनले आरोपित मन्त्रीलाई तत्काल राज्य मन्त्रिपरिषद्बाट निष्कासन गर्न माग गरेका छन्। अर्कोतर्फ, सडक अवरुद्धका कारण रायगञ्ज सहरको सिलगढी टर्नमा रहेको राष्ट्रिय राजमार्ग नम्बर ३४ मा भारी जामको समस्या भएको छ। तर, प्रदर्शनकारीले एक घण्टापछि ब्यारिकेड हटाएका थिए।