सन्तमंगल एकाडमीको वार्षिक खेलकुद प्रतियोगिता सप्पन्न

IMG-20221114-WA0344.jpg

मङपु: मङपुका एक शैक्षिक संस्थान सन्तमंगल एकाडमीले २५वा बर्ष पुगेको रजतजयन्ती समारोहको उपलक्ष्यमामा आज स्थानीय जनमैदानमा सातौं बार्षिक खेलकुद समारोहमा अजय छेत्रीको अध्यक्षतामा भब्यताको साथ पालन गरियो।
शुरु सन्तमंगल विधालयका नानीहरुले मार्चपास ड्रील खेले भने परेडको सलामी समारोहका प्रमुख अतिथि एसआई बिजय थामीले लिएका थिए। यसरी नानीहरु माझ बिस्कुट खाएर कुद्ने ;केरा खाएर कुदने;बन खाएर कुदने;थाल बोकेर कुद्ने प्रतियोगीता सप्पन्न भयो।
बिजय प्रतीयोगीहरुलाई समारोहका सभापति अजय छेत्री अनि विशिष्ट अतिथिहरुको बाहुलीबाट पारितोषिक हस्तान्तरण गरियो।

आज सन्तमंगल विधालयको चारवाट दलहरु क्रमैले सयपत्री(रातो दल), मखमली(निलोदल), अजम्बरी(हरियोदल) र गोदवारीपहेलो दल) माझ विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएको थियो भने च्यम्पियन बन्ने दललाई टिकाराम गुरुङ स्मृति पुरुष्कारले हस्तान्तरण गरियो। यसरी २०० मिटर दौडमा बिजय हुने धावकहरुलाई खुश्मान राई स्मृति पुरुस्कार हस्तान्तरण गरियो। विधालयका प्राचार्य मन्जीत थापाले स्वागत सम्भाषाण राखेको खेलकुद समारोहमा प्रमुख अतिथि मङपु आउटपोस्ट थाना प्रभारी बिजय थामीले सन्तमंगल विधालयले शिक्षा क्षेत्र संगै खेलकुदमा पनि नानीहरु अघि बडाउदै बार्षिक खेलकुद गराएको विधालय परिवारलाई बधाई साथै शुभकामना दिए।आजको समारोहमा मङपु वरिपरि विधालयका शिक्षक शिक्षिगण अनि अभिभावकगण पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement