ट्राफिक नियम बिषयमा राजमार्ग १० मा सचेतनामुलुक कार्यक्रम सप्पन्न

IMG-20221114-WA0343.jpg

कालेबुङ: आज कालेबुङ पुलिस एसपी अपारजिता राईको नेतृत्वमा राजमार्ग १०मा सचेतना शिबिर कार्यक्रम सप्पन्न भयो। समारोहका प्रमुख अतिथि दार्जिलिङ जिल्ला डीआईजी रेन्ज सोङमित लेप्चाको बाहुलीबाट कालेबुङको सिमवाती क्षेत्र राजमार्ग १० सेतीपुल नजिक चलाकहरुलाई सचेतना गराउदै “सेफ लाईफ सेफ ड्राइभ” ब्यनारको उद्घाटन गरियो।बिशेष राजमार्ग १०मा भईरह्ने दुर्घटनालाई मध्य नजर राखेर नै चालकहरुलाई सावधानी अपनाउदै पुलिसले यस प्रकारको होडिङ त्यार गरिएको पुलिसले जानकारी दिएको छ। “सेफ ड्राईभ सेभ लाईफ”कार्यक्रम बारे सचेतता गराउदै कालेबुङ ट्राफिक पुलिसले प्रत्येक चालकवर्गले ट्राफिक नियम पालन गरिदिने प्रत्येक चारचक्के वहाँनका चलाक वर्गले सिटबेल्ट लगाईदिने अनि प्रत्येक दुई चक्के वहाँनका चालक अनि सवारी ब्यक्ति दुई जनाले हेल्मेट लगाई दिने कालेबुङ ट्राफिक पुलिसले अपील गरिएको छ। आजको समारोहमा कालेबुङ जिल्ला एसपी अपरिजिता राई साथै कालेबुङ ट्राफिक पुलिस अनि रम्बी आउटपोस्टका पुलिस दलको सयुक्त आयोजनामा ट्राफिक सचेतता मुलक कार्यक्रम सम्पन्न भयो।

आज राजमार्ग दस सेतीपुल नजिक उद्घाटन गरिएको “सेफ ड्राईभ सेभलाईफ”होडिङमा दुर्घटना ग्रस्त गाडीलाई राख्दै लापारवाही सित गाडी चलाए यस प्रकारको दुर्घटना हुनसक्ने सचेतना गराउदै सबैलाई सावधानी प्रकारले गाडी चलाईदिने कालेबुङ ट्राफिक पुलिसले अपील गरिएको छ। यस सचेततनामुलक समारोहमा एडिसनल एसपी कालेबुङ एस. एम. आझिम; ट्राफिक डीएसपी बिनोद छेत्री; टीआई मिङमा शेर्पा अनि रम्बी आउटपोस्ट प्रभारी टीटी भुटिया उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement