अल इण्डिया प्लान्टेसन वर्कस फेडरेसनकाे आयाेजनामा सर्व भारतीय सम्मेलन हुने

ALL.jpg

मिरिक: दार्जिलिङ चियाकमान मजदुर युनियन का नेता किस्मत तामाङले आगमी १ दिसम्बरकाे दिन दार्जिलिङ जीमखाना क्लबमा अल इण्डिया प्लान्टेसन वर्कस फेडरेसनकाे आयाेजनामा सर्व भारतीय सम्मेलन हुने जानकारी गराँउदै सबैलाई सहभागी भइदिने अनुराेध गरेका छन। तिनले यस विषयमा मिरिकमा ब्यापक पाेष्टरिङ गरिएकाे अनि सबैलाई सम्मेलनमा सहभागी भइदिने अनुराेध गरिएकाे जानकारी गराँउदै उक्त सम्मेलनमा भारतभरिका श्रमिक नेताहरू उपस्थित रहनेछ भने। तिनले सम्मेलनमा चियाकमान,सिन्काेना बगान अनि रबर खेती बारे व्यापक चर्चा गरिने जानकारी गराँउदै श्रमिकहरूकाे हक र अधिकारकाे संघर्षलाई सक्रिय अघि बडाँउन नै सम्मेलनकाे आयाेजना गरिएकाे हाे भने।तिनले सम्मेलनकाे तयारी भइरहेकाे पनि जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement