अलिपुरद्वार: फलकाटा ब्लकको उच्च प्राथमिक विद्यालय जटेश्वर, तीन नम्बरमा सोमबार कम्प्युटर र प्रोजेक्टर मार्फत पूर्ण रूपमा डिजिटल माध्यमको पठन सुरु गरियो। यसैगरी बाल दिवसको अवसरमा विद्यालय परिसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा जिल्ला प्राथमिक विद्यालय परिषद् अध्यक्ष परितोष बर्मन लगायत अन्य महानुभावहरुको उपस्थिति रहेको थियो।