सर्व शिक्षा मिशनद्वारा विभिन्न अपाङ्गता भएका विद्यार्थीहरूका लागि विशेष कार्यशालाको आयोजना

IMG_20221114_165607.jpg

जलपाईगुडी: जलपाईगुडी सर्व शिक्षा मिशन द्वारा विभिन्न अपाङ्गता भएका विद्यार्थीहरूको लागि एक विशेष कार्यशाला आयोजना गरियो। आजबाट सुरु भएको यो कार्यशाला मंसिर १९ गतेसम्म चल्नेछ। कार्यशालामा दिव्यांग विद्यार्थीहरुलाई सरकारी सुविधाहरु के के छन्? यसबारे विस्तृत छलफल भएको छ। यसका साथै कार्यशालामा अपाङ्गता भएका बालिकाका विभिन्न समस्यालाई कसरी समाधान गर्ने भन्ने तालिम दिइएको थियो। कार्यशालामा जलपाईगुडी जिल्लाका १६ केन्द्रका महिला कर्मचारीहरुको उपस्थिति रहेको सर्व शिक्षा मिशनका आईईडी संयोजक अमानुल्लाह मण्डलले जानकारी दिनुभयो। उद्घाटन समारोहमा जिल्ला परियोजना अधिकारी जयन्त राई तथा अन्य प्रशासनिक अधिकारी तथा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement