बाल दिवसमा स्टुडेन्ट युनाईटेड क्लबद्वारा लोवर सिरूबारीमा विद्यार्थीमुखी अनि सम्मान कार्यक्रम सम्पन्न

IMG_20221114_155832.jpg

खरसाङ: खरसाङको लोवर सिरुबारी बस्तीमा बाल दिवसको अवसरमा विविध कार्यक्रमहरूसितै सम्मान कार्यक्रम पनि आयोजना गरिएको छ। स्टुडेन्ट युनाईटेड क्लबको आयोजनामा खरसाङको लोवर सिरूबारीमा बाल दिवसको अवसर पारेर विद्यार्थीहरूलाई लिएर विभिन्न कार्यक्रमहरू आयोजना गरिएको जानकारी प्राप्त भएको छ। उक्त कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार बिमल राईले गरेका थिए भने प्रमुख अतिथिको रुपमा शिक्षक एवं साहित्यकार देवराज शर्मा उपस्थित रहेका थिए। यसै कार्यक्रममा विद्यार्थीहरूले सुमन लामाको मार्ग निर्देशन र सहयोगमा विभिन्न कार्यक्रमहरू आयोजना गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूलाई लिएर गीत, नृत्य, रायम्स, वक्तव्य प्रतियोगिता आयोजना गरिएको थियो।।त्यसरी विद्यार्थीहरूका अभिभावकहरूले पनि विविध कार्यक्रमहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा स्टुडेन्ट युनाईटेड क्लब लोवर सिरुबारीद्वारा सम्मान कार्यक्रम पनि आयोजना गरिएको थियो।

यस वरिष्ठ नागरिकहरू लगायत वरिष्ठ साहित्यकार बिमल राई, सुमन लामा, प्रेम गन्द्रर्भ, गणेश प्रधान, ईशा शेर्पा आदिलाई विशेष सम्मान जनाइएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरू क्रमैले राकेस बराईली, सन्तोष लामा, प्रणाम थापा, राशिका गुरुङ, आशा राई, प्रवेग प्रधान आदिले पनि आफ्नो आफ्नो प्रस्तुति दिएका थिए। कार्यक्रममा अतिथिहरूको बाहुलीबाट विद्यार्थीहरूलाई ट्रफी, मेडल, प्रमाण पत्रहरू, उपहारहरू वितरण गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement