खरसाङ: कालेबुङको म्याड ओभर फिटनेस जीमको आयोजनामा सम्पन्न गेम स्ट्रेन्थ कार्यक्रम अन्तर्गत वेट लिफटिङमा खरसाङका दुईजनाले सफलता प्राप्त गरेका छन्। कालेबुङमा सम्पन्न उक्त वेट लिफटिङ प्रतियोगितामा खरसाङबाट जम्मा ८ जनाले सहभागिता जनाएका थिए। यसमा खरसाङको कोर इनेर्जी जीमको तर्फबाट पुरुष वर्गमा ६५ केजी माथि शिवम् शर्माले भाग लिएका थिए। उनले वेट लिफटिङको तीनवटा वर्ग जस्तै – डेट लिफ्ट, बेञ्च प्रेस र स्काउटमा भाग लिएका थिए। उनले जम्मा लगभग १२० जना जति प्रतियोगिताहरूमा तेस्रो स्थान ओगट्न सफल भएका छन्।

त्यसरी नै महिला वर्गको ओपेन क्याटोगरीमा खरसाङको कोर इनेर्जी जीमको तर्फबाट अस्मिता छेत्रीले भाग लिएको र उनले यसमा लगभग ५० जना जतिलाई उछिनेर दोस्रो स्थान प्राप्त गरेको जानकारी खरसाङका अभिषेक गोएलले दिएका छन्।