गोरामुमो अध्यक्ष मन घिसिङद्वारा सांगठनिक भ्रमण जारी राख्दै तीनधारे सुकना समष्टीको विभिन्न क्षेत्रहरूमा गरे भ्रमण

IMG_20221114_154430.jpg

खरसाङ: गोरामुमो अध्यक्ष मन घिसिङले आफ्नो सांगठनिक भ्रमणलाई जारी राख्दै खरसाङ ब्राञ्च कमिटी अन्तर्गत तीनधारे सुकुना समष्टिका विभिन्न क्षेत्रहरूमा भ्रमण गरेका छन्। यसै क्रममा उनले तीनधारे सुकना समष्टी अन्तर्गत शिवखोलाको शिव मन्दिरमा पूजा आर्चना गरी आफ्नो भ्रमणको शुरूवात गरेका छन् । यस क्रममा उनले नरबुङ, शिवखोला, सिमरिङ, मालुटार, सिपाहीधुरा, गिताङ्गे , पाङ्ग्रेखोला, फागुटार अनि मलाबाँसे क्षेत्रहरूमा भ्रमण गरेका छन्। अध्यक्ष मन घिसिङले आफ्नो भ्रमणावधि पार्टी कार्यकर्ताहरुलाई सम्बोधन गरेका छन्। एचपीडब्ल्यु केन्द्रीय समिति सदस्य ऐके देवानले अध्यक्ष मन घिसिङलाई समष्टिमा भ्रमण गरिदिएको धन्यवाद दिन्दै अध्यक्ष मन घिसिङको भ्रमणले कार्यकर्ताहरुमा उर्जा मिलेको र धेरै खुशी भएको उनले जनाएका छन्।

भ्रमणको क्रममा राजनैतिक गतिविधि साथै सांङ्ठनिक विषयहरुमा चर्चा परिचर्चा गर्दै सम्बोधन गरेका छन्। पार्टीको निर्णय अनुसार पञ्चायत चुनावमा भाग लिने भएकोले समष्टिका सम्पूर्ण नेतृत्ववर्ग कार्यकर्ताहरू तयार रहनु पर्ने अपिल समेत एके देवानले अपिल गरेका छन्। उनले भने, ‘दुई स्तरीय पञ्चायत चुनाव हुने सरकारले घोषणा गरेको कारण पहाडमा अहिले पनि दागोपाप जिउँदो रहेको प्रमाण भएको छ। अध्यक्ष मन घिसिङले जाति र माटोको मुद्दाको निम्ति निम्ति परेको कारण तपाईं हामीले उनको हात बलियो बनाउनुपर्छ। गोरामुमो मुद्दा बोकेको दल हो जबसम्म मुद्दा फत्ते हुँदैन तबसम्म हामी लागि पर्नेछौ र गोरामुमोले नै यो जाति र माटोलाई पार लगाउनेछ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement