ईंग्लिश प्रीमियर लीगः म्यानचेष्टर युनाइटेडको रोमाञ्चक जीत

photocollage_2022111413438980.jpg

१४ नोभेम्बरः ईंग्लिश प्रीमियर लीगमा म्यानचेष्टर युनाइटेडले रोमाञ्चक जीत हासिल गऱ्यो। आइतवार राति खेलिएको म्याचमा म्यानचेष्टर युनाइटेडले फूलहमलाई २-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ५३ प्रतिशत पोजेशनको साथ खेल्ने फूलहमले पूरा म्याचमा एरिक टेन हेगको टीमलाई दबाउमा राख्यो। म्याचको लगभग अन्तसम्म स्कोर १-१-को बराबरीमा रहेको थियो। दबाउको समय अलेहान्द्रो गारनाचोले स्टपेज टाइमको तेस्रो मिनटमा गोल गरी म्यानचेष्टर युनाइटेडको इज्जत बचाए। यसअघि म्यानचेष्टर युनाइटेडबाट क्रिस्चियन एरिकसेनले १४औं मिनटमा गोल गरे। यसरी नै फूलहामबाट डेनिएल जेम्सले ६१औं मिनटमा गोल गरे। यस जीतपछि म्यानचेष्टर युनाइटेड १४ वटा म्याचमा २६ पोइण्टको साथ प्रीमियर लीग टेबलको पाँचौं स्थानमा कायम रह्यो। यसरी नै नवौं स्थानमा रहने फूलहामसँग १५ वटा म्याचमा १९ पोइण्ट रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *