सेरि एः एसी मिलान र युभेण्टसको जीत

photocollage_202211141323813.jpg

१४ नोभेम्बरः इटालियन सेरि ए फूटबलमा आइतवार एसी मिलान र युभेण्टसले जीत हासिल गऱ्यो। युभेण्टसले आफ्नो होम ग्राउण्डमा लाजियोलाई ३-०-ले पराजित गऱ्यो। म्याचमा ४० प्रतिशत पोजेशनको साथ खेल्ने युभेण्टसबाट मोइस कीनले २ गोल गरे। कीनले ४३औं र ५४औं मिनटमा गोल गरे। यसरी नै अर्काडिउज मिलिकले ८९औं मिनटमा गोल गरे। यस जीतपछि युभेण्टस १५ वटा म्याचमा ३१ पोइण्टको साथ सेरि ए टेबलको तेस्रो स्थानमा पुग्यो। यसरी नै चौथो स्थानमा रहने लाजियोसँग ३० पोइण्ट रहेको छ। यसरी नै गत सीजनको च्याम्पियन एसी मिलानले फिओरेण्टिना विरुद्ध २-१-ले रोमाञ्चक जीत हासिल गऱ्यो। राफाएल लिओले एसी मिलानलाई दोस्रो मिनटमै बढ़त दिलाए पनि एण्टोनिन बाराकले २८औं मिनटमा गोल गरी फिओरेण्टिनालाई १-१-को बराबरीमा पुऱ्याए। अन्तमा फिओरेण्टिनाका निकोला मिलिनकोविचले स्टपेज टाइमको पहिलो मिनटमा आत्मघाती गोल गर्दा एसी मिलानले जीत हासिल गऱ्यो। यस जीतपछि एसी मिलान १५ वटा म्याचमा ३३ पोइण्टको साथ दोस्रो स्थानमा पुग्यो। यसरी नै फिओरेण्टिना १९ पोइण्ट लिएर दशौं स्थानमा रहेको छ। अहिले नापोली ४१ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ। सेरि ए-का अन्य म्याचहरूमा स्पेजियाले भेरोनालाई २-१-ले अनि मोञ्जाले सालेरनिटानालाई ३-०-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement