सिलगढ़ी प्रीमियर लीग १६ नोभेम्बरदेखि

IMG-20221114-WA0143.jpg

१४ नोभेम्बरः सिलगढ़ी महकुमा क्रीड़ा परिषद (एसएमकेपी)-को आयोजनमा सिलगढ़ी प्रीमियर लीग कम् नक्आउट फूटबल टुर्नामेण्ट १६ नोभेम्बरदेखि शुरु हुनेछ। कञ्चनजंघा स्टेडियममा हुने यस टुर्नामेण्टको निम्ति १० वटा टीमलाई स्थान दिइएको छ। एसएमकेपी-का महासचिव कुन्तल गोस्वामीको उपस्थितिमा आइतवार भएको पत्रकार सम्मेलनमा आयोजकहरूले यसबारे जानकारी दिए। टुर्नामेण्टमा हिस्सा लिने १० वटा टीमलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। ग्रुप ए-मा यंग मेन्स एसोसिएशन, महानन्दा स्पोर्टिंग क्लब, सिलगढ़ी किशोर संघ, विधान स्पोर्टिंग क्लब र बान्धव संघ रहेको छ। यसरी नै ग्रुप बी-मा देशबन्धु स्पोर्टिंग क्लब, विवेकानन्द क्लब, सिलगढ़ी उल्का क्लब, आठेरोखाई सरोजनी संघ र सशस्त्र सीमा बलको टीम सामेल छन्। १६ नोभेम्बरमा हुने उद्घाटन म्याचमा यंग मेन्स एसोसिएशन र सिलगढ़ी किशोर संघबीच भिड़न्त हुनेछ। दुईवटा सेमिफाइनल ८ र ९ दिसम्बरमा खेलिनेछ। यसरी नै फाइनल ११ दिसम्बरमा हुनेछ। थर्ड प्लेस प्ले अफ् म्याच १० दिसम्बरमा खेलिनेछ। फाइनल म्याच ५ बजीदेखि कृत्रिम प्रकाशमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई पीसी मित्तल मेमोरियल च्याम्पियन ट्रफीको साथमा ७५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई सुलोचना देवी अग्रवाल मेमोरियल रनर अप् ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement