१४ नोभेम्बरः घूम जोरबंग्लो भेटरन्सको तत्त्वावधानमा आयोजित दीपक गजमेर स्मृति भेटरन (४० वर्षभन्दा माथि) फूटबल टुर्नामेण्टमा युनाइटेड सिन्कोना भेटरन्स र बतासिया भेटरन्सले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। स्थानीय घूम बोइज हायर सेकेण्डरी स्कूल खेल मैदानमा आइतवार भएको म्याचमा बतासिया भेटरन्सले बीरपाड़ा भेटरन्सलाई ८-२-ले पराजित गऱ्यो। यस हाई स्कोरिंग म्याचमा विजेता टीमबाट विजेता टीमबाट अर्जुन राई एक्लैले ४ गोल गरे। यसबाहेक टाशी भूटियाले २ अनि नीमा तामाङ र पदम गुरुङले १-१ गोल गरे। बीरपाड़ा भेटरन्सबाट प्रेम र सुजीत रोयले १-१ गोल गरे। यसबाहेक अन्य एउटा म्याचमा ग्रीनल्याण्ड एफसी डुवर्सको टीम नाउँदा वक्ओभर पाएर युनाइटेड सिन्कोना भेटरन्सले प्री-क्वार्टर फाइनलमा स्थान बनायो।

यस भेटरन्स टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २५ दिसम्बरमा खेलिनेछ।