माझीधुरा युनाइटेड एफसी र युनाइटेड रंगबूल एफसी प्री-क्वार्टर फाइनलमा

IMG_20221114_112045.jpg

१४ नोभेम्बरः माझीधुरा परमेण्ट युनाइटेड फूटबल क्लब (सुकिया पोखरी, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित ओपन फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा म्याच खेलियो । माझीधुरा खेल मैदानमा खेलिएको पहिलो म्याचमा माझीधुरा युनाइटेड एफसी-ले पुबोंग एफसी-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट दिपांकर रुम्बा र सिद्धु रुम्बाले गोल गरे। यसरी नै पुबोंग एफसी-बाट सुयोग छेत्रीले गोल गरे। दिनको दोस्रो म्याचमा युनाइटेड रंगबूल एफसी-ले मानेभञ्ज्यांग बोइज क्लबलाई ६-१-ले पिट्यो। यस टुर्नामेण्टमा जम्मा २४ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २४ र २५ नोभेम्बरमा हुनेछ। यसरी नै फाइनल २७ नोभेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा सेमिफाइनलमा पुग्ने दुईवटा टीमलाई १०-१० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement