टिंगलिंगमा च्याम्पियन्स कपः केएफसी जूनियर विजयी

photocollage_20221114111742331.jpg

१४ नोभेम्बरः नमुना परिवार, टिंगलिंग चियाबारीको तत्त्वावधानमा आयोजित च्याम्पियन्स कप खुल्ला नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा कञ्चनजंघा फूटबल क्लब (केएफसी) जूनियरले दोस्रो राउण्डमा स्थान बनायो। स्थानीय गढ़ी खेल मैदानमा आइतवार भएको म्याचमा केएफसी जूनियरले ओकाइटी एफसी-लाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट मीकले ३२औं, अभिषेकले ४५औं अनि निकेशले ६९औं मिनटमा गोल गरे। केएफसी जूनियर-का खेलाड़ीले आत्मघाती गोल गर्दा ओकाइटी एफसी-ले म्याचको एकमात्र गोल हासिल गऱ्यो। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक नमुना परिवार टिङलिङको पक्षमा बिपेन थापाले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement