सिलगढी: देशभरका साथसाथै सिलगढीमा पनि सोमबार ‘विश्व मधुमेह दिवस’ मनाइँदैछ। यस अवसरमा लायन्स क्लबले आज बिहान एकदिने ‘जुम्बा एण्ड योग’ शिविर आयोजना गरेको छ। ‘आफु पनि स्वस्थ रहौँ र आफन्तजनलाई पनि स्वस्थ राखौँ’ भन्ने नाराका साथ आयोजना गरिएको शिविरमा ठूलो संख्यामा मानिसहरुको सहभागिता रहेको थियो। लायन जीएस होडाले योग शिविरमार्फत यो सन्देश जनतामा पु¥याउने बताए। विश्व मधुमेह दिवसमा आजको बिहान अर्कै मूडमा थियो। आजको दिनलाई विशेष बनाउन लायन्स क्लब इन्टरनेशनल ३२२ एफद्वारा सहरको हिन्दी हाईस्कुल मैदानमा एकदिने जुम्बा तथा योग शिविर आयोजना गरिएको छ। शिविरमा उपस्थित लायन जीएस होडाले विश्वभर मधुमेहका बिरामी बढ्दै गएकाले स्वस्थ रहन योग निकै आवश्यक रहेको बताए।आजको एकदिवसीय शिविरको कुनै फाइदा नहुन सक्छ, तर यो अभ्यास हरेक दिन गर्ने हाम्रो प्रयास छ। योग तालिम चलिरहेको बेला अर्कोतिर निशुल्क सुगर र ब्लड प्रेसर चेकअप चलिरहेको थियो। लाइन्स जीएस होडाले शरीरलाई स्वस्थ राख्न योग गर्न र शरीरमा चिनी बढ्न नदिन सर्वसाधारणलाई आग्रह गरे।