१३ नोभेम्बरः डुवर्स होपको तत्त्वावधानमा आयोजित मेगा फूटबल टुर्नामेण्टको दोस्रो सीजन (कृष्ण बुड़ाथोकी स्मृति)-मा बीरपाड़ा च्याम्पियन भयो। बाग्राकोट टी गार्डनको भानु मैदानमा आइतवार खेलिएको फाइनलमा बीरपाड़ाले जलपाइगढ़ी पुलिसलाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। पूरा म्याचको साथ टाईब्रेकरमा असाधारण प्रदर्शन गर्ने बीरपाड़ाका गोलकीपर गणेश एकक्कालाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।
About Author
Post Views: 225