मञ्जुश्री गोल्ड कपः डाबग्राम एफसी विजयी

photocollage_2022111451154747.jpg

१३ नोभेम्बरः सौरेनी बस्ती मञ्जु ड्राइवर वेलफेयर एसोसिएशनको तत्त्वावधानमा आयोजित मञ्जुश्री गोल्ड कप फूटबल टुर्नामेण्ट (सीजन ३)-मा डाबग्राम एफसी-ले रोमाञ्चक जीत हासिल गऱ्यो। सौरनी बस्ती घुमाउने टार (साधु गाउँ) खेल मैदानमा आइतवार भएको म्याचमा डाबग्राम एफसी-ले एरोस, दार्जीलिङलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट म्याचमा जीत तामाङ र मौसम विश्वकर्माले गोल गरे। यसरी नै एरोस दार्जीलिङबाट माइकल राईले गोल गरे। डाबग्राम एफसी-का जीत तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। यस सेभेन ए साइड टुर्नामेण्टमा २० वटा टीमले भाग लिएको छ।टुर्नामेण्टका दुईवटा सेमिफाइनल १७ र १८ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल २५ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई चरण राई स्मृति ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक सौरेनी बस्ती मञ्जु ड्राइवर वेलफेयर एसोसिएशनका सचिव सुजु राईले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *