रिफर्म कल समूह चाडै राजनैतिक पार्टीमा परिवर्तन हुने

IMG_20221113_224122.jpg

गान्तोक: गणेश राईको नेतृत्वमा रहेको ‘रिफर्म कल’ समूहले अब चॉंडै एउटा नयॉं राजनीतिक पार्टीको रूपमा परिवर्तन हुने भएको छ। रिफर्म कल समूहले आगामी २१ नोभेम्बरदेखि राज्यव्यापी ‘सिक्किम सुधार यात्रा’ शुरू गर्ने भएको छ, जस अवधि नयॉं राजनीतिक पार्टी घोषणा गरिने छ।
रिफर्म कलका नेतृत्वहरूले आज देवरालीस्थित स्थानीय एउटा होटलमा प्रेस वार्ता आयोजन गरेर हालैमा सम्पन्न भएको पञ्चायत चुनाउबारे आफ्नो प्रतिक्रिया दिए। यसै क्रममा उनीहरूले आफ्नो भावी योजनाहरूबारे अवगत गराउॅंदै अब नयॉं राजनीतिक पार्टी खोलेर सिक्किमे जनता समक्ष आउने घोषणा गरे। यद्यपि, राजनीतिक पार्टीको घोषणा कहिले हुनेछ भन्ने विषयमा भने स्पष्ट गरेनन्। तर, आगामी २१ नोभेम्बरदेखि शुरू हुने राज्यव्यापी ‘सिक्किम सुधार यात्रा’ अवधि पार्टी घोषणा गर्ने बताए।
आगामी २१ नोभेम्बरदेखि दक्षिण सिक्किमबाट सिक्किम सुधार यात्रा शुरू गरिने छ र यस अवधि नै नयॉं राजनीतिक पार्टी घोषणा गर्ने योजना रहेको छ। हालैमा सम्पन्न भएको पञ्चायत चुनाउमाथि बोल्दै गणेश राईले पञ्चायत चुनाउ स्वतन्त्र अनि निष्पक्ष रूपमा नभएको ठहर गरे। पञ्चायत चुनाउ निर्दलीय भनेर घोषणा गरिएको भए तापनि चुनाउमा सत्तारूढ़ पार्टीको व्यापक हस्तक्षेप देखिएको उनले आरोप लगाए। उनले पञ्चायत चुनाउलाई लिएर राज्य सरकारको कथनी र करनीमा भिन्नता देखिएको बताउॅंदै पार्टीले उठाएका उम्मेदवारहरूलाई मुख्यमन्त्रीले मिन्तोकगाङमा बोलाएर पैसा दिएको गम्भीर आरोप लगाए।सरकार र सत्तारूढ़ पार्टीको हस्तक्षेप हुॅंदाहुॅंदै पनि जनताले धेरै ठाउॅंहरूमा सत्तारूढ़ पार्टीका उम्मेदवारहरूलाई पराजित गरिदिएको उनले बताए। २०२४को चुनाउमा जनताले वर्तमान सरकारलाई फेरि सत्तामा नल्याउने मन बनाइएको पनि उनले ठोकुवा गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *