घुम्ती चियाबारीको नगदराशि फुटबल टुर्नामेन्ट: आरियन सेभेन खरसाङ फाईनलमा प्रवेश

IMG_20221113_223025.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको घुम्ती चियाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको फाइनलमा पुग्ने दोस्रो बनेको छ आरियन सेभेन खरसाङ। घुम्ती स्पोर्टिङ क्लबको आयोजनामा घुम्ती चियाबारीमा आज सम्पन्न दोस्रो सेमिफाइनल खेल आरियन सेभेन खरसाङ अनि मिक्स अप महानदीमाझ भाले जुझाई जस्तै खेल सम्पन्न भयो। यस खेलमा तीन दुईको अन्तरले आरियन सेभेन खरसाङ फाईनलमा प्रवेश गरेको छ।
आजको खेल धेरै रोमाञ्चक रहेको देखियो। घुम्ती चियाबारीको खेल मैदानमा धेरैभन्दा धेरै दर्शकहरूको माझमा भएको खेलमा विजेता दलबाट सत्यम छेत्री, प्रवेश रोय र प्रभाकर तामाङले एक एक गोल गरेको थियो। यसरी नै उप विजेता दलबाट सोैरभ तामाङले दुई गोल गरेका थिए। अब आगामी २० नोभेम्बर आईतबारको दिन हुने फाईनल खेलमा चाँद एफसी अनि आरियन सेभेनमाझ सम्पन्न हुने समितिका सचिव प्रवीन दर्नालले जानकारी दिएका छन्। उनले बताए अनुसार घुम्ती स्पोर्टिङ क्लबको आयोजनामा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको विजेता दललाई एक लाख अनि उप विजेतालाई पचास हजार प्रदान गरिने भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *