टस जितेर बिमला राई वार्ड पञ्चायत बनिन्

IMG-20221113-WA0218.jpg

गान्तोक: हिजो पञ्चायत चुनाउको मतगणना राज्यभरि शान्तिपूर्ण ढङ्गमा सम्पन्न भयो। विशेष गरेर सोरेङ जिल्लामा रातिको ९.४९ सम्म चुनाउ पर्येवेक्षक योगेन्द्र शर्मा, रिटर्निङ अधिकारी भीम ठटाल, एसिस्टेन्ट रिटर्निङ अधिकारी र सेक्टर मेजिस्ट्रेटको उपस्थितिमा मतगणना भएको थियो। सोरेङ जिल्लामा पाँचवटा जिल्ला टेरिटोरियलमा निर्विरोध निर्वाचित भएको थियो भने १०६ वटा पञ्चायत वार्डमा निर्विरोध निर्वाचित बनेको थियो। उल्लेखनीय कुरा के रहेको छ भने लुङचोक सल्याङदाङबाट गीता शर्मा केवल एक भोटले विजयी बनिन् भने मंगलबारे बजार वार्डकी उम्मेदवार बिनिता राणा दुई भोटले विजयी बनेकी छन्। यसरी नै साम्दोङ सिरिबदाम जीपीयूकी उम्मेदवार अमृता गुरूङ र खानीसेरबुङ सुन्तेली वार्डकी उम्मेदवार बिमला राईले बराबर मत हासिल गरेपछि टस गरियो जसमा बिमलाई राई बिजयी भएकी छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *