गुवाहटीमा आयोजित जनजातिय गौरव दिवसमा सिक्किमको सहभागिता

IMG-20221113-WA0215.jpg

गान्तोक: जनजाति समुदायको विज्ञान विज्ञान र प्रविधि सशक्तिकरण सम्बन्धी जनजातिय गौरव दिवस पालन गरियो। आसमको राजधानी गुवाहटीको भारतीय प्रवृद्धि संस्थानमा सम्पन्न भएकोदुई दिवसीय सम्मेलनको उदघाटन भारत सरकारका जनजाति मामिला मन्त्री अर्जुन मुण्डालेले गरेका थिए। सो कार्यक्रममा उनी प्रमुख अतिथिकोरूपमा उपस्थित रहेका थिए भने भारत सरकारका विज्ञान तथा प्रविधि तथा पृथ्वी विज्ञान मन्त्रालयका राज्यमन्त्री जितेन्द्र सिंह विशेष अतिथिका रूपमा उपस्थित थिए। यस अवसरमा उत्तरपूर्वी राज्यकाका विज्ञान एवम प्रोदौगिकी विभागका अधिकारीहरूले सहभागिता जनाएका थिए। यस कार्यक्रको मुख्य थिम “परम्परागत ज्ञानको संरक्षण र प्रसारणमा आदिवासी महिलाको भूमिका” थियो। दुई दिवसीय उक्त कार्यक्रममा सिक्किमबाट अलैंचीद्वारा निर्मित गुन्द्री, सिस्नोको चिया, सिस्नोद्वारा निर्मित झोला, जैविक हल्दी पावडर, ठूलो अलैंची लगायत अन्य बस्तुहरू प्रदर्शनको निम्ति राखिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement