दार्जीलिङ: अनित थापालाई जनताको राज मन पर्दैन यो मन्तव्य हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले पोखेको हो। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले आज फुस्केरिङ पान्दाम समष्टिको भ्रमण गरेका थिए। यस अवधि क्षेत्रीय सभासद जितेन राई पनि उपस्थित थिए।फुस्केरिङको भवनमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले जीटीए चुनावपछि आभार जनाउन एंव धन्यवाद जताउन विलम्ब भएकोमा समष्टिवासीहरूप्रति माफी मागे। उनले अघि भने, ‘जनताको सेवा गर्दा गर्दै जनताको आवाज उठाउन हाम्रो पार्टीको जन्म भएको हो। हाम्रो पार्टीले तीन महिनाको कलिलो उमेरमा दार्जीलिङ नगरपालिकामा बोर्ड गठन गर्न सफल भएको छ।त्यसरी नै ६ महिनाको उमेरमा जीटीए सभाको चुनावमा एक लाखभन्दा धेर भोट हाँसिल गर्न सफल भएको छ। हाम्रो पार्टी अहिले केवल ११ महिनाको भएको छ।’
उनले अझ भने, ‘हाम्रो पार्टी जनताको सेवा गर्न जन्मेको पार्टी हो। जीटीए सभाको चुनावमा निर्वाचित भएको हाम्रो सभासदहरू सवै गरीब छ। गाडी चलाएर घर परिवारको पालन पोषण गर्नेहरू छ तर पनि जनताको सेवा कार्यमा रतिभर पनि पछि हटेको छैन। गत ३५-४० सालपछि दार्जीलिङ पहाडमा गणतन्त्र आएको छ। यसभन्दा अघि एउटै पार्टीको राज थियो। लालकोठीमा बस्ने मान्छे नै महामहिम हुने गर्थ्यो तर हाम्रो पार्टीको जन्म भएपछि पहाडमा गणतन्त्र ल्याउने काम भएको छ। पहाडमा जनताको राज हुनपर्छ भन्ने हाम्रो पार्टीको नारा नै छ तर हाम्रो अनित थापा दाजुलाई जनताको राज मन पर्दैन। रातको अन्धकारको फाइदा उठाएर नेता र सभासदहरू किन्ने काम गर्दैछ।’ तिनले अघि भने, ‘अनित थापा दाजुको बोली जति मिठो छ, त्यति नै दाजुको मन दुर्षित छ। विगत २०-२५ वर्षदेखि यता दार्जीलिङ पहाडमा पञ्चायत चुनाव भएको थिएन जसको कारणले गर्दा पहाडको ग्रामीण क्षेत्रहरू विकासको अभावमा दिनहरू बिताउनु पर्दैछ। लाल कोठीमा बस्नेहरूलाई पहाडमा पञ्चायती राज आएको मन पर्दैन। किनकि पहाडमा पञ्चायती राज आएको खण्डमा लाल कोठीको क्षमता हटेर जान्छ। त्यसकारण विगतको दिनमा पहाडमा एक स्तरीय पञ्चायत चुनाव भएको हो।’
हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले अघि भने, ‘हाम्रो पार्टीको लक्ष्य पहाडमा जनताको राज आउनुपर्छ, जनताको राजमा जनता नै राजा हुनपर्छ। पहाडमा पञ्चायती राज आएको खण्डमा पहाडको ग्रामीण क्षेत्रहरूमा विकास आउने छ। लाल कोठीमा दया मायामा होइन आफ्नै भरमा ग्रामीण क्षेत्रमा विकासको खोला बग्नेछ। अब पहाडमा जनताको राज ल्याउन तपाई हामी समस्त जनता एकबद्व हुन पर्छ। चिप्लो बोल्ने,रूपियाँ पैसाको प्रलोभन देखाएर पहाडको भविष्य अन्धकारतिर लानेसँग सावाधान रहनुुपर्छ।’