टी२०(T20) वर्ल्ड च्याम्पियन बन्यो ईंग्ल्याण्ड

IMG-20221113-WA0204.jpg

१३ नोभेम्बरः लगातार दोस्रोपल्ट टी२० वर्ल्ड कप च्याम्पियन बन्यो ईंग्ल्याण्ड। आइतवार मेलबर्न क्रिकेट ग्राउण्डमा खेलिएको फाइनलमा ईंग्ल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गऱ्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १३७ रन बनायो। शान मसूदले सर्वाधिक ३८ र कप्तान बाबर आजमले ३२ रन बनाए। यसबाहेक शादाब खानले २० रनको योगदान दिए।

पाकिस्तानको तर्फबाट आज कसैले पनि ठूलो ईनिंग्स खेल्न सकेनन्। ईंग्ल्याण्डका बलरहरूमा प्लेयर अव् द म्याच रहने सेम करनले सर्वाधिक ३ विकेट लिए। यसबाहेक अदिल राशिद र क्रिस जोर्डनले २-२ विकेट लिए। जवाफमा ईंग्ल्याण्डले खराब शुरुवातपछि अलराउण्डर बेन स्टोक्स (४९ बलमा अविजित ५२ रन, ५ वटा चौका र एउटा छक्का)-को असाधारण ब्याटिंगको दममा जीत हासिल गऱ्यो।

स्टोक्स बाहेक कप्तान जोस बटलरले २६ र हेरी ब्रूकले २० रनको योगदान दिए। पाकिस्तानका बलरहरूमा हेरिस रऊफले २ विकेट लिए। म्याचमा ३ अनि टुर्नामेण्टमा १३ विकेट हासिल गर्ने सेम करनले प्लेयर अव् द म्याच र प्लेयर अव् द सीरीजको पुरस्कार जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement