दलसिंहपाडा- डुवर्स किराँत राई समाज सांस्कृतिक साहित्य समितिको बैठक आज दलसिंहपाडास्थित डिकवीर लाइन, समितिका केन्द्रिय कार्यालयमा सम्पन्न भयो । सभाका सभापतित्व समितिका अध्यक्ष जेठा राईले गरेका थिए। सभामा आगामी २५ दिसम्बर २०२२ का दिन राई किराँत जातिका महान् साकेवा (उधौली) पर्व जयगाउँस्थित गोपी मोहन खेल मैदानमा धुमधामका साथ डुवर्सव्यापी रूपमा पालन गरिने निश्चित गरे । उक्त साकेवा (उधौली) कार्यक्रम डुवर्स व्यापी रुपमा राई किराँत जातिका भाषा, साहित्य, सस्कार र सँस्कृतिको विकास र सम्वद्र्धनका निम्ति डुवर्सका विविध क्षेत्रमा पालन गर्दै आएको र यस वर्ष भने डुवर्स किराँत राई समाज साँस्कृतिक साहित्य समितिको २५ औँ वर्ष पुरा गरेको र यसै सुअवसरमा रजत जयन्ती पनि रहेको हुँदा यस वर्ष गत वर्षहरू भन्दा विषेश रहेको जानकारी संयुक्त सचिव दुर्गा राई थुलुङ दिए । उक्त कार्यक्रममा सुन्नीमा रजत जयन्ती विशेषाङ्क स्मारिका पनि प्रकाशित हुने जानकारी गराएका छन्। यसै बैठकमा कार्यक्रम आयोजक समिति पनि गठन गरे भने उक्त आयोजक समितिमा सभापति मंगलसिंह राई, उप सभापति अभि राई, पदम बहादुर राई, मूल सचिव दुर्गा राई थुलुङ सहसचिव किसोर राई, कुशल राई, कोषाध्यक्ष विकास बान्तवा, सह कोषाध्यक्ष पदम बहादुर राई रहेको छ भने प्रमुख सल्लाहकारको रूपमा प्र्रशान्त राई थुलुङ रहेको छ । आज बसिएको उक्त सभामा डुवर्सका थुम्का थुम्कामा रहेका उपसमितिका पदाधिकार लगायत सदस्य– सदस्याहरूको भारी मात्रमा उपस्थिति रहेको थियो ।