अलीपुरद्वार: काल्चिनी ब्लकको सतली बस्ती क्षेत्रमा आइतबार दिउँसो एक जङ्गली हात्ती अचानक देखा पर्यो। बक्सा बाघ आयोजनाको जंगलबाट दिउँसो एउटा जङ्गली हात्ती आवास क्षेत्रमा प्रवेश गरेको बताइएको छ। जङ्गली हात्ती करिब आधा घण्टासम्म सो क्षेत्रमा घुमिरह्यो। खबर पाएलगत्तै वन कर्मचारी घटनास्थलमा पुगेर हात्तीलाई जंगलमा पछ्याएका थिए।