कालचिनी – रक्तदान महादान भन्ने उक्तिलाई आत्मसात गर्दै औ अग्रिम रुपमा बिरसा मुण्डाको जन्मजयन्तीलाई लक्ष्य राख्दै आज कालचिनी खण्डको राजाभात चियाबारी अस्पताल परिसरमा राजाभात करम अखड़ा कमिटीको आयोजना एवम् अलिपुरद्वार ब्लड ब्यांक र ब्लड डोनर आर्गनाइजेशनको सहयोगितामा स्वेच्छा रक्तदान शिविर सम्पन्न गरिएको जानकारी राजाभात करम अखड़ा कमिटीको सचिव घुरन महलीले दिएका छन्।
आज उक्त शिविरको अवसरमा मुख्य अतिथिको रुपमा तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँव लगायत ब्लक नेतृत्वहरू हैदर अली अन्सारी, शंकर कुजूर एवम् अन्यान्यको उपस्थिति रहेको थियो। शिविरमा राजाभात चियाबारीको कर्मठ युवा औ महिलाहरूले रक्तदान गरेको थियो भने अन्ततः ५२ यूनिट रक्त संग्रह गरेर ब्लड ब्यांकलाई सुम्पिएको घुरन महलीले जनाएका छन्।
मूलतः चियाबारी गाउँ बस्तीबाट प्रायः रोगीहरू अस्पतालमा रगतको अभावमा मर्न परेको र रगतको खोजीमा छटपटिन परेको अवस्थालाई ध्यानमा राखेर नै यो रक्तदान शिविर आयोजित गरिएको ताकि आगामी दिनमा अस्पतालमा रोगीहरु रगतको निम्ति छटपटिन नपरोस भन्दै आगामी १५ नोभेम्बरको दिन बीर बिरसा मुण्डाको जन्मजयन्ती पालन गर्ने ध्येय रहेको र आज रक्तदान गर्ने दाताहरूलाई मुख्य अतिथि बिरेन्द्र बारा उराँव, शंकर कुजूर, हैदर अली अन्सारी र घुरन महलीको बाहुलीबाट वितरण गरिएको आयोजक कमिटीको सदस्यहरूले जनाएका छन्।