गिताङ्गे चियाबारीमा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न

IMG_20221113_192154.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको गिताङ्गे चियाबारीमा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ। खरसाङको गैर सरकारी संस्था भानु वेलफेयर अर्गनाइजेशनको आयोजनामा सम्पन्न उक्त नि:शुल्क स्वास्थ्य जाँच शिविरमा डा एके बारूई उपस्थित रहेका थिए। उक्त स्वास्थ्य जाँच शिविरमा गिताङ्गे चियाबारी क्षेत्रका १५० देखि २०० मानिसहरूले स्वास्थ्य जाँच गराएका थिए। उक्त स्वास्थ्य जाँच शिविर गिताङ्गे चियाबारीको सार्वजनिक भवनमा सम्पन्न भएको थियो भने यस शिविरमा नि:शुल्क रूपमा दबाईहरू पनि वितरण गरिएको थियो। यस स्वास्थ्य जाँच शिविर विषयमा भानु वेलफेयर अर्गनाइजेशन खरसाङकी सभापति शशि आलेले पत्रकारहरूसित कुराकानी गर्दै जानकारी गराएका छन्। गिताङ्गे चियाबारीमा सम्पन्न नि:शुल्क स्वास्थ्य जाँच शिविरमा भानु वेलफेयर अर्गनाइजेशन खरसाङको सभापति शशि आले, सचिव अमृता शर्मा, कोषाध्यक्ष सरोज चौहान लगायात अन्यहरू उपस्थित रहेका थिए। यस शिविरमा गिताङ्गे चियाबारीको सबैले लाभ उठाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement