खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका भातृ संगठन प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिकाे सभा खरसाङस्थित मारवाडी लाईब्रेरीमा बीरबल पाखरिनकाे अध्यक्षतामा सम्पन्न भयाे। उक्त सभामा हाेटल सेक्टर, दिलाराम, टुङ्ग, महानदी साथै खरसाङ वरिपरि क्षेत्रका श्रमिकहरुकाे उपस्थितिमा गरिएको सभामा आफ्नो वक्तव्य राख्दै उप सभापति रञ्जन गुरुङले विगतमा महकुमा शासक कहाँ बुझाएको ज्ञापन पत्रबारे पनि अवगत गराए। उनले पहाडी क्षेत्रहरुमा सञ्चालन भईरहेकाे हाेटलहरुतिर स्थानीय कामदारहरुलाई नै प्राथमिकता दिनु पर्ने जसमा हामीहरुले पनि आफ्नै क्षेत्रमा काम गरेर गुजारा गर्न सकाैं भन्ने कुरा सभामा राखे। यस विषयमा संगठनले काम गरिरहेकाे जनाए। सभालाई सम्बोधन गर्दै श्रमिक संगठनको मूल सचिव शरण विस्वकर्मले सर्वप्रथम हामी एक हुनु जरुरी छ र हामी टुक्रा टुक्रा भएर होइन तर एक भएर संगठन चलाउनुपर्छ। श्रमिकहरुकाे दुःख मालिक पक्षले बुझ्नुपर्छ, प्रवासी मजदुरहरुलाई मात्रै काखी चेपेर हुँदैन, स्थानीय मजदुरहरुलाई पनि काम कुरा उपलब्ध गराउनुपर्छ। हामी अब याे दिशापटि जानेछाैं, संगठनले के गर्दैछ चासो सबैले राख्नुपर्छ। श्रमिकहरुले पाउने सहुलियतकाे दिशामा अब संगठनले काम गर्नेछन्। सभालाई सम्बोधन गर्दै अध्यक्ष बीरबल पाखरिनले संगठन मात्र गरेर हुँदैन, श्रमिकहरुकाे अधिकार पनि उपलब्ध गराउनु पर्नेछ। हामीले २० सालदेखि लगातार रुपमा संगठन साथै श्रमिकहरुकाे हितमा काम गर्दै आईरहेका छाैं, धेरै श्रमिकहरुकाे पाउने सहुलियतहरू हामीले प्राप्त गराईसकेका छाैं। लगातार रुपमा सेवा दिन्दै आईरहेका छाैं। भविष्यमा पनि हामी लागि परिरहने छाैं। एक वर्ष पुग्न लागेको यस संगठनले शाखाहरु पनि गठन गरिसकेको छ र याे भएन, त्यो भएन हाेईन जमीन हकिकतमा कार्य गर्नुपर्छ र गुनासो मात्र गरेर हुँदैन तर घर मालिकहरुले पनि स्थानीय श्रमिकहरुलाई नै प्राथमिकता दिनुपर्छ। हामीमा पनि धेरै असल मिस्तिरीहरू साथै कामदारहरु छन् र उनीहरुकाे राेजी-राेटि पनि चल्नुपर्छ। आगामी दिनहरूमा यस विषयमा प्रत्येक मालिक पक्षलाई पत्रचार गरिनेछन् भनी बताएका छन्। सभामा एल्जिन ब्राह्मणलाई संगठनको कार्यवाहक सभापतिको रूपमा चयन गरियो भने प्रसाद सुन्दासलाई सह सचिवको रूपमा चयन गरियो। त्यसरी नै हाेटल सेक्टरका अध्यक्ष समीर गुरुङ, श्रमिक संगठनको उप सभापति बिजय गुरुङ, रञ्जन गुरुङ, सह सचिव मुना तामाङ, १ दिलाराम क्षेत्र श्रमिक संगठन सचिव प्रवाकर राेका, सहसचिव विकास सार्की, जीवन माेहरा, महानदी क्षेत्रबाट नवीन शेर्पा साथै अन्य सदस्यहरु उपस्थिति रहेको थियो।