सिडर्स उच्चतर माध्यमिक विद्यालयको वार्षिक उत्सव तथा खेलकूद समारोह सम्पन्न

IMG-20221113-WA0189.jpg

सोनादा: सिडर्स उच्चतर माध्यमिक विद्यालयको वार्षिक उत्सव तथा खेलकूद समारोह गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डेपुटी चेयरम्यान एवं क्षेत्रीय सभासद राजेश चौहानको प्रमुख आतिथ्यमा सम्पन्न भयो। आजको समारोहलाइ सम्बोधन गर्ने क्रममा डेपुटी चियरमेन राजेश चौहानले शिक्षाले नै समाजलाई मार्ग दर्शन गर्ने गर्दछ भन्दै शिक्षाबिनाको समाज आजको समयमा हामी कल्पना समेत गर्न सक्दैनौँ भने। उनले अघि भने, यसरी नै सिडर्स उच्चत्तर माध्यमिक विद्यालयले विगतदेखि आजपर्यन्त जुन शैक्षिक योगदान दिदैँ आएको त्यो उल्लेखनीय तथा प्रशंसनीय छ। यहाँ कार्यरत अवकाशप्राप्त शिक्षक शिक्षिकागण, तथा वर्तमान कार्यरत सम्पूर्ण शिक्षक शिक्षिकाको महत्वपूर्ण योगदान रहेको सर्वविदित नै छ। शिक्षा जस्तो महत्वपूर्ण विषयमा हामी समाजका हरेक तहकामा मानिस सजग र सचेत रहन आवश्यक छ। शिक्षाकै एक अंश खेलकूदलाई आज विद्यार्थीहरुले उत्साहले भाग लिएका थिए। विगतका व्यवस्थामा आसिन प्रतिनिधिको कमजोरीले लथालिङ्ग पारेको व्यवस्थालाई अब हामीले कसरी हुन्छ सम्हालेर लानुछ साथै शैक्षिक गरिमालाई पुन: फर्काई ल्याउनु छ। यसको निम्ति तपाईं हाम्रो उति कै योगदान रहनुपर्छ। हाम्रा नानीहरू यहाँदेखि टाडा टाडा गएर पढ्नुपर्ने बाध्यतालाई हामीले अब मिलाएर यता त्यस्तै शैक्षिक व्यवस्था बनाउनुपर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement