मिरिक: गोरामुमो केन्द्रीय समितिको बैठक आज मिरिक ब्राञ्च कमिटी अन्तर्गत बुङकुलुङमा बस्यो। अध्यक्ष मन घिसिङको अध्यक्षतामा बसेको बैठकलाई केन्द्रीय समिति सदस्य रबिन लामाले संचालन गरेका थिए। बिधायक एवं गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जनरल निरज जिम्बा लगायत केन्द्रीय समितिका सम्पुर्ण सदस्य बर्ग उपस्थित रहेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। बैठक पछि केन्द्रीय समिति प्रबक्ता वाई लामाले पत्रकारहरुलाई जानकारी गराउदै भने, गोरामुमो अध्यक्ष मन घिसिङको कालेबुङ, खर्साङ मिरिक भ्रमण पछि बुङ्कुलुङमा आज केन्द्रीय समितिको बैठक बसेको हो। बैठकमा पन्चायत चुनावलाई मध्यनजर गर्दै डाकिएको बैठक हो। केन्द्रीय समितिले पञ्चायत चुनावमा भाग लिने निर्णय लिएको वाई लामाले जानकारी दिएका छन्। जीटीए जस्तो अंसवैधानिक भित्र्याए र जीटीएमा त्रीस्तरीय चुनाव गराउने ब्यवस्था छ र हामी त्रीस्तरीय पञ्चायत चुनाव गराउछु भन्नेहरुले चुनाव गराउनु सकेन। पहाडमा दुईस्तरीय चुनाव हुनु भनेको दार्जीलिङ गोर्खा पार्वतीय परिषद जिउदो रहेको प्रमाण भएको वाई लामाले जनाएका छन्। १९८८ मा दार्जीलिङ गोर्खा पार्वतीय परिषदको सम्झौता भयो र गोरामुमो संस्थापक अध्यक्ष सुबास घिसिङको अथक प्रयासमा १९९२ मा यसलाई संवैधानिक मान्यता प्राप्त भयो। जीटीए असंवैधानिक ब्यवस्था भएकोले गर्दा त्रीस्तरीय पञ्चायत चुनाव गराउनु असर्मथ भएका हुन् यसकारण हामीले गोर्खा जातिको निम्ति एउटा संवैधानिक ब्यवस्था होस् जसले तपाईं हाम्रो सुरक्षा होस् भन्ने गोरामुमो चहाँन्छ। यसको निम्ति गोरामुमो अध्यक्ष मन घिसिङ लागि परेका छन् चाडैं नै हामीले न्याय पाउने छौं। पन्चायत चुनावको निम्ति गोरामुमोका शीर्ष नेतृत्व बर्ग कार्यकर्ताहरु तयार रहन वाई लामाले अपिल समेत गरेका छन्।