सिलगढी: तृणमूल विधायकले राष्ट्रपतिको अपमानको विरोधमा आइतबार खोरीबारीमा बीजेपीले विरोध प्रदर्शन गरेको छ। राष्ट्रपतिको अपमान गर्ने तृणमूल विधायक र राज्य कारागार मन्त्री अखिल गिरीलाई पक्राउ गर्न माग गर्दै भाजपा समर्थकहरूले आज खोरीबारी थानामा धर्ना दिए। प्रदर्शनकारी बीजेपी समर्थकहरूले तृणमूल विधायक द्वारा राष्ट्रपतिको अपमानको कडा निन्दा गरे।