गोरुबथान(महेश्वर प्रधान): कोलकातामा आयोजित अन्तर्राष्ट्रिय लघु चिया सम्मेलनमा भारत, श्रीलंका, बांग्लादेश, चीन, इंडोनेशिया, अनि नेपालसहित देशको १५० भन्दा धेरै प्रतियोगिहरुको साथमा समपन्न यस कार्यक्रममा मुख्य अतिथिको रुपमा डा. शतद्रु चट्टोपाध्याय, प्रबन्ध निर्देशक, सालिडैरिडैड एशिया थिए भने अन्य अतिथिहरुमा सुश्री नयनतारा पालचौधरी अध्यक्ष भारतीय चिया संघ अनि ट्रिनिटिया कार्यक्रम समिति अतुल अस्थाना, उपाध्यक्ष तथा अन्यको उपस्थित थिए। यस कार्यक्रममा नीम स्मल टि फारमर्स प्रोड्युसर वेलफेयर सोसाइटीको सभापति के. बी. छेत्री पनि गएका थिए।

उनको वाइट टि(सेतो चिया)ले प्रथम स्थान ओगट्न सफल बने। ज्ञात रहोस के. बी. छेत्रीले स्वनिर्भरशिलताको परिचय दिँदै गोरुबथानको तुम्बलाबुङ भन्ने सानो गाउँमा चिया खेती शुरु गरे। उनको चियाबारीमा उनले अर्ग्यानिक चिया उत्पादन गर्छन्। यसरी उनले आफ्नो चियाबारीबाट चियापत्ति टिपेर हाते चिया बनाउने गर्छन्।यस प्रतियोगिताको लागि उनले ब्ल्याक टि, बाइट टी, ग्रीन टि तथा ओलङ टी पठाएका थिए। जसमा सबैलाई उछिनेर उनको बाइट टी प्रथम हुन सकेको छ।

यस कार्यक्रममा उनलाई मुख्य अतिथी तथा विशिष्ट अतिथिको बाहुलीबाट प्रमाण पत्र,स्मृति चिन्ह आदि प्रदान गरे। उनी आफु यसरी चयन भएकोमा धेरै खुशी लागेको बताउँदै सबैप्रति धन्यबाद व्यक्त गरेका छन्।