माया मेमोरियल मिनीपोस्ट फूटबलः डाँड़ाधुरा ब्ल्याक क्याट्स र निगाले युथ क्लब विजयी

IMG-20221113-WA0085.jpg

१३ नोभम्बरः प्रगति युथ क्लब, मिरिकको तत्त्वावधानमा आयोजित माया मेमोरियल ओपन मिनीपोस्ट नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। मिलन नगर (मिरिक, वार्ड नम्बर ३) खेल मैदानमा भएको पहिलो म्याचमा डाँड़ाधुरा ब्ल्याक क्याट्सले महेन्द्र गाउँ एफसी-लाई १-०-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा निगाले युथ क्लबले एमयूवाई-लाई टाईब्रेकरमा १-०-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। आइतवार पनि दुईवटा म्याच खेलिनेछ। पहिलो म्याचमा कृष्णनगर र मिरिक बस्ती ट्याक्सी स्ट्याण्डबीच भिड़न्त हुनेछ। यसरी नै दोस्रो म्याच समलबुंग नेपाल र मिरिक युथ क्लब (बी)-बीच खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement