टिंगलिंगमा च्याम्पियन्स कपः मतिगढ़ा एफसी र मिक्स्ड बोइज ७ विजयी

IMG_20221113_114514.jpg

१३ नोभेम्बरः नमुना परिवार, टिंगलिंग चियाबारीको तत्त्वावधानमा आयोजित च्याम्पियन्स कप खुल्ला नगद राशि नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। स्थानीय गढ़ी खेल मैदानमा आज भएको पहिलो म्याचमा मतिगढ़ा एफसी-ले नाम्सु एफसी-लाई ५-१-ले पराजित गऱ्यो। विजेता टीमबाट तुषारले ह्याट्रिक गरे। यसबाहेक बिकुले २ गोल गरे। मतिगढ़ा एफसी-का खेलाड़ीले आत्मघाती गोल गर्दा नाम्सु एफसी-ले म्याचको एकमात्र गोल हासिल गऱ्यो। यसरी नै दोस्रो म्याचमा मिक्स्ड बोइज ७-ले खार्बेनी एफसी-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल अभिनयले ३५औं मिनटमा छिराए। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक नमुना परिवार टिङलिङको पक्षमा बिपेन थापाले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement