दीपक गजमेर स्मृति भेटरन फूटबलः सिनाल्चु नाम्ची भेटरन्स र ब्रदर्स एफसी भेटरन्स प्री-क्वार्टर फाइनलमा

photocollage_20221113114133874.jpg

१३ नोभेम्बरः घूम जोरबंग्लो भेटरन्सको तत्त्वावधानमा आयोजित दीपक गजमेर स्मृति भेटरन (४० वर्षभन्दा माथि) फूटबल टुर्नामेण्टमा सिक्किमको दुईवटा टीम सिनाल्चु नाम्ची भेटरन्स र ब्रदर्स एफसी (गेजिंग) भेटरन्सले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। स्थानीय घूम बोइज हायर सेकेण्डरी स्कूल खेल मैदानमा शनिवार भएको पहिलो म्याचमा सिनाल्चु नाम्ची भेटरन्सले टाउन भेटरन्स दार्जीलिङलाई ८-४-ले पराजित गऱ्यो। यस हाई स्कोरिंग म्याचमा विजेता टीमबाट मियाल लेप्चा र बिरेन्द्र छेत्रीले २-२ गोल गरे। यसबाहेक सोनम कार्थक, सुरेन छेत्री, लोरेन फिपोन र मनोज कुमार गुप्ताले १-१ गोल गरे। दार्जीलिङ टाउन भेटरन्सबाट गौतम थापाले ३ अनि अजय थापाले १ गोल गरे। यसरी नै दोस्रो म्याचमा ब्रदर्स एफसी भेटरन्सले दार्जीलिङ भेटरन्सलाई टाईब्रेकरमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयमा ब्रदर्स एफसी भेटरन्सबाट पासाङ भूटिया र अतुल सुब्बाले १-१ गोल गरे। यसरी नै दार्जीलिङ भेटरन्सबाट हरि छेत्री र अर्विन लामाले १-१ गोल गरे। यस भेटरन्स टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २५ दिसम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement