एक करोड़ रूपियाँ मूल्यको रातो चन्दनको काठ जफत

red-sanders-red-sandalwood-376-w300.jpg

कोकराझार: एक करोड़ रूपियाँ मूल्यको रातो चन्दनको काठ असमको कोकराझार जिल्लाको श्रीरामपुरमा पुलिसले अभियान चलाएर जफत गरेको छ।
पुलिस अनुसार, गुप्त सूचनाको आधारमा गए राति भारी मात्रामा रातो चन्दनको काठ जफत गरियो। काठ घरभित्र लुकाएर राखिएको थियो। रातो चन्दनको काठ बिक्री गर्ने प्रयास अवधि पुलिसले जफत गरेको हो।
यस सम्बन्धमा पुलिसले चार तस्करलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपितहरूको नाम जारागुरी गाउॅं निवासी कनक ब्रह्म, गणक बसुमतारी, मालागुरी गाउॅं निवासी अजीत कुमार नार्जारी र कचुगाउॅं नन्दीपुर गाउॅं निवासी मनोज नार्जारी रहेको बताइएको छ। चन्दनको काठ कनक ब्रह्मको घरमा लुकाएर राखिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement