गान्तोक: आज लिङदुम गुम्पाको भ्रमण गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले परम पावन जुरमाङ घरवाङ रिम्पोछेसॅंग भेट गरेका छन्। मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उक्त जानकारी दिएका छन्।
मुख्यमन्त्रीले आज पवित्र लिङदुम गुम्पा पावन जुरमाङ घरवाङ रिम्पोछेसॅंग भेट गरेको बताएका छन्। उनले सिक्किमे जनताको पक्षमा रिम्पोछेसॅंग प्रार्थना गरेर आशीर्वाद प्राप्त गरेको बताएका छन्।