पञ्चायत चुनाउ २०२२टस मार्फत पाँचजना पञ्चायत उम्मेद्वार विजयी घोषित

IMG-20221112-WA0351.jpg

गेजिङ। गेजिङ जिल्लामा पॉंचजना टस गरेर पञ्चायत उम्मेद्वार बिजयी बनेका छन्‌। जस्मध्ये रदु-खण्डु ग्राम पञ्चायतको लोवर रदु वार्डबाट तुलसी चौहान अनि बिनोद प्रधानले १९०/१९० मत ल्याएका थिए जसको लागि टस गर्दा तुलसी चौहान बिजय बनेका छन्‌। यसरी नै हि-तामाबुङ वार्डमा चतुर लिम्बू र सोमलाल लिम्बूले १७८/१७८ मत ल्याएका थिए भने सोमलाल लिम्बू बिजय बनेका छन्‌। अर्कोतिर लोवर आरिथाङ वार्डमा पनि लोकबहादुर बस्नेत र देवीलाल दाहालले २००/२०० मत ल्याएका थिए जसमा लोकबहादुर टसमा बिजय बने। लोवर लाङ्गाङ वार्डमा रेखा सुब्बा र सुहाया सुब्बाले पनि १९४/१९४ मत ल्याउँदा बराबरीको नतिजामा आएपछि टस गर्दा सुहाया सुब्बाले बिजय प्राप्त गरेकी छन्‌। यसैगरी अप्पर बाङ्तेन वार्डबाट पुकलाल कामी अनि राजकुमार कामीले १४५/१४५ भोट ल्याएर बराबरीमा आएपछि ट्स गर्दा राजकुमार कामी बिजय बनेका छन्‌। यसरी गेजिङ जिल्ला अन्तर्गत १८ वटा प्रादेशिक निर्वाचन क्षेत्र जिल्ला अनि वार्ड पञ्चायतको चुनावपछि मतगणनाको ङ्गलाङ्गल पुरा भएको छ। जिल्ला पञ्चायत उमेदवारको निम्ति ७२ जना स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा रहेका थिए। एक प्रादेशिक निर्वाचन क्षेत्र कोङ्गृ-टासिडिङबाट अघावै निर्बिरोध निर्वाचित भएका थिए भने १७ प्रादेशिक क्षेत्रमा भएको चुनावमा ७२ जना उम्मेदवार रहेका थिए भने १७ जना आज निर्वाचित भएका छन्‌। ग्राम पञ्चायतको निम्ति २९४ वार्ड रहेको ३३ ग्राम पञ्चायतमा कुल ३९१ ले नामाङकन दर्ता गरेका थिए भने ४८ उम्मेदवारले ङ्गिर्ता लिएका थिए भने ७३ उम्मेदवार निर्विरोध निर्वाचीत भइसकेका छन। यहॉं २७० जना उम्मेदवारको ग्रामीण जनताले भाग्य तय गरेर गत १० नोभेम्बरको दिन उनीहरुको भाग्य इभीएम मेसिनमा कैद गरेका थिए। गेजिङ जिल्लामा कुल मतदाता संख्या ५८ हजार ११७ रहेको छ जसमा महिला २७ हजार ८५७ र पुरुष ३० हजार २ सय ६० मतदाता रहेका थिए। यहॉं १९० मतदान केन्द्रको निम्ति इभीएम कडा सुरक्षाका साथ राखिएको थियो। जिल्लाको निम्ति १८१ र ग्रामको निम्ति १२० इभीएम मतदान केन्द्रहरूमा पञ्चायतहरूको भाग्य तयभएको हो। आज वार्ड पञ्चायतमा जम्मा २९४ वार्डमा ७३ उम्मेदवार निर्बिरोध निर्वाचित भइसकेका थिए भने २२० मा भएको चुनावमा ३९१ले नामांकन भरेका थिए भने ४८ ले नामांकन ङ्गिर्ता लिएपछि २७९ उम्मेदवारले चुनाव लडेका थिए। जसमा लोवर तिक्जेक वार्ड नम्बर ४ मा नमकन नै नभरिएपछि चुनाव सम्पन्न भएन। यस बाहेक २१९ वार्डमा सम्पन्न भएको चुनावमा स्वतन्त्र बिजय हॉंसिल गरेका छन्‌।

स्मरण गराइन्छ यस वर्ष स्वतन्त्र पञ्चायत चुनावमा कतिपय उम्मेदवारहरुले धेरै मत पाएर बिजय बनेका छन्‌ भने आश्र्चर्य चकित कुरा कुनै उमेदवारले शुन्य मत पनि पाएका छन्‌। उक्त निर्वाचित सबै उम्मेदवारलाई जिल्ला चुनाव अधिकारी साथै जिल्लापाल यशे डि योङ्डाले खादा लगाएर बधाई दिँदै प्रमाणपत्र वितरण गरेकी छन्‌। यस वर्षको पञ्चायत चुनावमा प्रायजसो युवा उम्मेदवारहरु चुनावी मैदानमा थिए भने २२ बर्षीय उम्मेदवार इन्ना भट्टराईले पनि चुनाव जितेर इतिहास रचेकी छन्‌। उनी मानेबुङ-देन्ताम क्षेत्रको बाङ्तेन-सापोङ ग्राम पञ्चायत एकाइको लोवर सापोङ वार्डबाट बिजय बनेकी छन्‌। यसबाहेक समाचार लेखुन्जेल सम्ममा कुनै पनि झैझगडा नभएको जानकारी प्राप्त भएको छ। ग्रामीण भेगबाट उर्लिएको जन समर्थकले आ-आफ्नो पञ्चायत उम्मेदवारलाई गन्तव्य व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement