धान खेतीबाट निराश बन्दैछन् कृषकहरु

IMG-20221112-WA0349.jpg

गेजिङ: पञ्चायत चुनावपछि गाउँलेहरु कृषि क्षेत्रमा व्यस्त भएका छन्। खेतालाको ज्याला बढनु र प्राकृतिक बिपत्तिले जमीनको बाँझोपन बडेरगएको कृषकहरुको भनाइ रहेको छ। राज्यमा पञ्चायत चुनावपछि कृषकहरु धान खेती उठाउन व्यस्त देखिन्छन्। वैज्ञानिक नाम ओरिजा सेटिभाले परिचित धान वनस्पति वैदिक साहित्य एवं पुरातात्विक उत्खननमा धान सबैभन्दा पुरानो उत्पादित बालीमध्ये एक भएको प्रमाण पाइएको छ। हजारौं वर्ष अघिदेखि नै भारतका विभिन्न स्थानमा यसको खेती गरिन्छ भने सिक्किम राज्यमा पनि धान खेतीलाइ औलो भेगमा बडी मात्रमा गरिन्छ। त्यस ताकमा सिक्किमलाइ अत्यधिक धान फल्ने देशको निम्ति चिनिन्त्यो भने कालनतरमा यस खेतीमा निक्कै गिरावट आएको छ । तर यता पश्चिम सिक्किमका औलो भेगमा किसानहरुले अझै पनि धान खेती गर्दै आएका छन्। किसानहरुले यस खेतीलाइ प्रोत्साहन गर्न कहिले असार महोत्सव अनि कहिले धान कटनी महोत्सव र दाइ महोत्सव पनि पालन गर्ने गरेका छन् भने आज पश्चिम सिक्किमको गेजिङ जिल्ला अन्तर्गत लिङ्चोम, केरेमथाङका केहि धान फल्ने इलाकाको रिपोर्ट प्रस्तुत गरिएको छ। अहिलेको समय भनेको धान काटेर थन्क्याउने समय हो। अषाढमा धेरै दुःख गरेर कृषकहरूले रोपेको धान अहिले पाकेर पहेंलपुर भएको छ भने वर्षदिनभरि खानका लागि यो मंसीर महिनामा धान काटेर थन्क्याउने गरिन्छ। सिक्किममा अत्यधिक खेती गर्ने स्थान भएको कारण किसानहरुलाई अभिप्रेरित र प्रोत्साहन गर्न महोत्सवहरु पनि आयोजना गर्ने गरिएको छ। तर कृषहरुले वर्षभरि खाने अन्नको फसल उठाउने समयमा अचानक मौसम बदलि भएर फसल नस्ट पार्ने गरेको छ । अचानकको प्राकृतिक प्रकोपले पाकेको अन्न स्वाहा बनाए पछि कृषकहरु खेती गर्नबाट हतास बनेको बताउछन्। अहिलेको समय भएको सफा वातावरण रहने समय हो हिउँदो महिनाले छोपेको हुनाले आकाशबाट पानी पर्ने सम्भावना कमि नै देखिन्छ तर आज अचानक मौसम बदलि हुँदा औलो भेगमा भएको धान खेतीलाई ठूलो नोक्सानी पुग्ने हुन्छ। बर्ष दिनको कमाइ एकै क्षणमा नस्ट हुँदा कृषकहरुमा निरास पनि छाएको छ। हरेक साल सिक्किममा धान खेती गर्ने कृषकहरुमा धेरै कमी देखिन्छ भने धानको खेती मासेर अन्य खेती अप्नाउने कृषकहरु धेरै पाइनछ। यस्तै प्रकारको बदलिँदो मौसम हो भने आउने बर्षदेखि धानखेती गर्ने कृषकहरु कमै देखिन्छन्। सबैभन्दा साह्रो खेती नै धान खेती हो तर कालन्तरमा यो खेती सिक्किममा मासिने पनि सम्भावना रहेको छ। यसरी प्राकृति प्रकोपबाट क्षति हुँदा लगनशील कृषकहरु निराश हुने गरेको देखिएको छ, यस्तो भवितव्यलाई सरकार पक्षबाट पनि सिधै नजर पर्नुपर्ने कृषकहरुको भनाइ छ। सिक्किमका अधिकांश स्थानमा धेरैजसो मानिसहरू खेती कमाइबाट नै आत्मा निर्भरता छन्, तिनीहरुको निम्ति कुनै अर्को साधन छैन कि महिना मरेपछि भइहाल्छ भन्ने तर एक बर्षसम्म खाने अन्न फलाउनुपर्छ भन्ने उनीहरुको बिचार रहन्छ तर कहिलेकाही प्राकृतिक प्रकोपले एकै चोटि नोक्सानी बनाउदा कृषकहरु खिन्न हुन्छन्।

कृषकहरुको फसलमा परेको नोक्सानीलाई सरकार पक्षबाट सहयोग पुर्याउनु अथवा कृषिमा भएको नोक्सानीलाई क्षतिपूर्तिलाइ सरकार पक्षबाट पनि केहि सहयोग गर्दै आएको भएता पनि फसल जतिको नोक्सानी पुर्ति नहुने उनिहरुको भनाइ छ।पश्चिम सिक्किममाको धानखेतिमा पिचिथाङ, सुम्लादेन, सिक्रेदेन, केरेमथाङ, पार्बोक, बिरिबुङ, सम्बोक, भालुथाङ, तोयाङ लगायत पश्चिमको खोला गडतिरतिर रहेका अनि औलो भेगमा रहेका प्रायजसो स्थानमा घानखेती गरिन्छ। अहिले भने खेतालाको रोज बडे पछि कृषकहरु कमाइ गर्न छाडी सकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement