गान्तोक: जोरथाङस्थित धारगाउँ निवासी रूद्र देवी राईले आत्महत्या गरेको पुलिसले जानकारी गराएको छ। उनले हिजो तिङलेबारीमा चुन्नीको सहायताले आत्महत्या गरेकी हुन्। मृतककी पति जनक कुमारले जोरथाङ थानामा यस घटनाबारे जानकारी गराएका थिए। यस घटनाको सूचना पाउन साथ जोरथाह पुलिसबल घटनास्थलमा पुगेर शवलाई आफ्नो अधिनस्थ लिएको छ। पुलिसक भनाइ अनुसार मृतक माइग्रेन साथै डिप्रेसनको रोगले ग्रसित रहेकी थिइन्। सोही प्रकारले गेजिङ निवासी एक महिलाले पनि आत्महत्या गरेको सुत्रले बताएको छ। पुलिस सुत्रले दिएको जानकारी अनुसार पार्बोक सल्ले निवासी विष्णु माया छेत्रीले घर भित्रनै आत्महत्या गरेकी हुन्। उनले नाइलनको डोरीको सहायताले आत्महत्या गरेको पुलिसको भनाइ रहेको छ। पुलिसको भनाइ अनुसार मृतक मानसिक रोगी रहेकी थिइन्। पुलिसले मुद्दा दर्ता गर्दै घटनाको छानबीनमा जुटेको छ।