भाजपाद्वारा कारागार मन्त्री अखिल गिरीको पुतला दहन

7cf49710-4a56-42f6-ba08-c9e5f54f1826


कालचिनी – पश्चिम बंगाल राज्य सरकारको कारागार मन्त्री तथा रामनगरको विधायक अखिल गिरीले राष्ट्रपति दौपदी मुर्मूको बारेमा कुमन्तव्य विचार गरेकोमा चौतर्फी यसको निन्दा भइरहेको क्रममा आज कालचिनीमा भारतीय जनता पार्टीको ८ नम्बर मण्डल कमिटीद्वारा एउटा विक्षोभ ऱ्याली साथै तृणमूल विधायक तथा मन्त्री अखिल गिरी विरुद्ध कालचिनी थानामा अभियोग दर्ता गरियो। विरोध प्रदर्शन अनि ऱ्याली साथै आज कालचिनी मोमबत्ती चौकमा आइपुगेर भाजपा समर्थकहरूले मन्त्री अखिल गिरीको पुतला पनि दहन गरेको थियो।
विरोध प्रदर्शन गर्दै कालचिनी विधायक विशाल लामाले एकजना जिम्मेवार मन्त्री तथा विधायक भएर बोलीमा लगाम नभएको अखिल गिरीलाई अविलम्ब पक्राउ गरिनु पर्ने दाबी गरेका छन्। राष्ट्रपति दौपदी मुर्मूको अपमान गरेर सम्पूर्ण जनजाति आदिवासी समाजको अपमान गर्ने काम तृणमूलले गर्दै आइरहेको र यस अघि पनि तृणमूल सरकारले आदिवासी जनजातिहरूको अपमान गर्न कुनै कसर नछोड़ेकोले यो अब आदिवासी अनि जनजातिहरू तृणमूल विरुद्ध एक हुनुपर्ने उपस्थित तृणमूल नेताहरूले जनाएका छन्। आज यस विरोध प्रदर्शनमा कालचिनी विधायक विशाल लामा लगायत भाजपा एसटी मोर्चा अलिपुरद्वार जिल्ला सभापति विल्सन चम्प्रामारी, नेशनल काउन्सिल मेम्बर राजेश बारला, भाजपा ८ नम्बर मण्डल सभापति उत्तम लामा, महिला मोर्चा नेत्री कविता केरकेट्टा, धर्मपाल केरकेट्टा युवा मोर्चा नेतृत्वहरूको उपस्थिति रहेको थियो।
यदि यसरी नै आदिवासी जनजातिहरू विरुद्ध अपमानजनक क्रियाकलाप र मन्तव्य तृणमूल सरकारले जारी राखे यसको विरोधमा भाजपा एसटी मोर्चाले सड़कमा ओर्लिएर आन्दोलन गर्न पनि पछि नहटने एसटी मोर्चा अलिपुरद्वार जिल्ला सभापति तथा भूतपूर्व कालचिनी विधायक विल्सन चम्प्रामारीले चेताउनी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement