कालचिनी – बन विभागले आज एउटा गोप्य सूचनाको आधारमा अभियान चलाउँदा मेचपाड़ा चियाबारीको लोधो लाईनमा रहेको एउटा अवैद्य आरा धरानबाट साल र सयगुणको प्रायः ६० सीएफटी लट्ठा उद्धार गरेको बक्सा ब्याघ्र प्रकल्प पश्चिम अधीनस्थ रहेको हेमिल्टनगञ्ज रेञ्ज सुत्रले जनाएका छन्।
अभियान चलाउँदा आरा धरानमा कसैलाई नभेटाईएकोले कसैलाई पक्राउ गर्न नसकिएको बन विभागले जनाएका छन्।
आगामी दिनमा यसप्रकारको अभियान जंगल बचाउन निरन्तर जारी रहने बन विभागले थप जनाएका छन्।











