तेस्रो भालू पनि उद्धार

6b1b0ac2-ded2-4f86-a163-ced02bbba370


कालचिनी – गाउँभित्र जंगली भालू पसेको घटनाक्रमबीच शुक्रबार पालैपालो गरी दुइवटा भालू बन विभागले उद्घार गर्न सफल भएको थियो भने आज पुनः उत्तर लोथाबारी गाउँको बीचबाट पुनः एउटा भालू बन विभागले उद्धार गरेर चिकित्सा पश्चात कोर जंगलमा लगेर छोड़ेको जनाएका छन्।


शुक्रबार मात्र दुईवटा जंगली भालूलाई बन विभागले जाली बिछाएर धेरै प्रचेष्टा पश्चात उद्धार गर्न सफल भएको थियो भने आज पुनः एउटा भालू उत्तर लोथाबारी गाउँमा पसेको गाउँलेहरूले देखेपछि यसको जानकारी बन विभागलाई दिएको थियो।
धेरै मेहनत पश्चात अन्ततः उक्त तेस्रो भालूलाई बन विभागले उद्धार गरेपछि राजाभातखावा पशु उद्धार केन्द्रमा लगेर उपचार पश्चात कोर जंगलमा लगेर छोड़ेको बक्सा ब्याघ्र प्रकल्प पश्चिमका डीएफडी प्रवीण कासवानले जनाएका छन्।
लगातार दुई दिनमा तीनवटा भालू गाउँभित्रबाट उद्धार भएको घटनाले गाउँले मात्र नभएर बन विभाग पनि गम्भीर बनेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement