फाँसीदेवा: यही १५ नोभेम्बरमा विरसा मुण्डाको जन्मजयन्ती छ। यसभन्दा अघि नै आदिवासी विकास विभागको तर्फबाट मुख्यमन्त्रीको निर्देशमा राज्यको विभिन्न ब्लक खण्डमा ढोल र मादल वितरण गरियो। यसै क्रममा आज फाँसीदेवाको हेटमुरी सिङ्गीझोडा इलाकामा पनि ढोल र मादल वितरण गरियो। यस अवसरमा आदिवासी विकास विभागका मन्त्री बुलु चिक बराईक, सिलगढी महकुमा परिषद्का सह सभापति रोमा रेशमी एक्का उपस्थित थिए। मन्त्री बुलुल चिक बराईकले भने, उत्तरबंग भ्रमणमा आएको समय मुख्यमन्त्रीले ढोल-मादल वितरण गर्ने निर्देश दिएको थियो। राज्यभरिमै मोठ एक हजार ढोल-मादल वितरण गरियो। यसको साथै १५ नोभेम्बरको दिन वीर वीरसा मुण्डाको जन्म जयन्ती पालन गरिनेछ।